Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

काठमाडौं – काठमाडौं जिल्ला अदालतले काठमाडौं तीनकुनेको हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईलाई आवश्यकताअनुसार उपचारको व्यवस्था गर्न आदेश दिएको छ । शुक्रबार प्रहरीले झापाको काँकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रसाईलाई काठमाडौं ल्याएर म्याद थपका लागि अदालत उपस्थित गराएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रसाईसहित उनका बडिगार्ड भनिएका दीपक खड्कामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद थप गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले दुवैलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

दुर्गा प्रसाईको हकमा भने आवश्यक उपचारको प्रबन्ध गर्न पनि आदेश भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन्। ‘’दुर्गा प्रसाईको हकमा बिरामी भएको भनेपछि सम्बन्धित चिकित्सकको सिफारिस बमोजिम आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान निकायलाई निर्देशन दिने आदेश भएको छ,’ उनले भने ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईकै नेतृत्वमा भएको थियो । प्रदर्शनमा दुई जना मारिएका थिए। दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो । प्रसाई सोही दिनदेखि फरार थिए । उनले सामाजिक सञ्जालबाट भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौंमै रहेको बताउँदै आएका थिए । सोही घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया