Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

काठमाडौँ – साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ। एक कार्यक्रममार्फत सार्वजनिक गरिएको ट्रेलरमा मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जलीको अभिनय देख्न सकिन्छ।

फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्म बैशाख २६ गते (मे ९) सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक फूर्वा छिरिङ लामाको निर्देशनमा बनेको फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो। फिल्म होप रिल्स, एलए सेभेन स्टार्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो। कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

‘जार’ फिल्मले सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक वास्तविक घटनालाई चित्रण गरेको छ। फिल्ममा संगीत झुमा लिम्बु र गंगा थापाको रहेको छ। नेपाल, भारत र अन्य अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकैसाथ प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया