टोकियो – कर्णाली प्रदेश समाज जापानको आयोजनामा टोकियोमा ‘कर्णाली सांगीतिक साँझ २०२५’ हुने भएको छ । यही अप्रिल २९ तारिख मंगलबारका दिन टोकियोस्थित Toshima Civic Center Hall, Ikebukuro मा सांगीतिक साँझ हुने भएको हो ।
सुदूरपश्चिमेली नेपाली समाज जापान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (जापान शाखा) को सह-आयोजनामा आयोजना हुन लागेको विशेष साँझ कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको कला, संस्कृति र संगीतको प्रवर्द्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ गरिएको हो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक चक्र बम, गायिका इब्सल सञ्ज्याल र उद्घोषक उत्तम शर्माको विशेष प्रस्तुति रहनेछ । यी कलाकारहरू नेपालका सुदूरपश्चिम र कर्णाली क्षेत्रका जनप्रिय अनुहारहरू हुन्, जसले आफ्नो सांगीतिक यात्राबाट दर्शकको मन जित्दै आएका छन् ।
सांगीतिक साँझ सामाजिक उत्तरदायित्वमा पनि केन्द्रित छ । कर्णाली क्षेत्रका विपन्न तथा सीमान्तकृत बालबालिकाहरूको शिक्षा र स्वास्थ्य सेवा प्रवर्द्धनका लागि सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको हो । यसले नेपाली कला-संस्कृतिको संरक्षण गर्दै सामाजिक सेवामा पनि योगदान पुर्याउनेछ ।
कार्यक्रम विवरण:
- मिति: २९ अप्रिल २०२५
- स्थान: Toshima Civic Center Hall, Ikebukuro, Tokyo, Japan
- सम्पर्क: 08037175462, 07032498464, 07047184790, 08039891522, 08037053871
सम्पूर्ण जापानवासी नेपाली समुदायलाई यस सांगीतिक साँझमा उपस्थित भई कार्यक्रमको शोभा बढाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।