Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

टोकियो – जापानमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता र मौलिकतालाई उजागर गर्न ‘नेफिन सांस्कृतिक महोत्सव २०२५’ आयोजना हुँदैछ । ‘नेपाल आदिवासी जनजाति महासंघ, जापान’ को आयोजनामा यहि अप्रिल १९ तारिख शनिबारका दिन टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा महोत्सव हुने भएका हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘नेफिन सांस्कृतिक महोत्सव’मा आदिवासी जनजातिहरूका झाँकीहरू, मौलिक संस्कृति, पोशाक र परम्परागत नृत्य तथा गीतहरूको आकर्षक प्रस्तुति रहने जनाइएको छ । कार्यक्रममा नेपालका चर्चित गायिका मेचु धिमाल, गायक मिलन लामा, र गायिका बबीना किराती (राई) को विशेष प्रस्तुति रहनेछ । साथै अन्य स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने नेपाल आदिवासी जनजाति महासंघ, जापानले जनाएको छ ।

सांस्कृतिक महोत्सवमा टोकियोस्थित नेपाली दूतावासको विशेष सहयोग तथा एनआरएनए जापानको समर्थन रहेको छ । कार्यक्रम साझेदारीमा हिकारी कम्पनी लिमिटेडका अध्यक्ष निमा लामा शेर्पा, मुख्य प्रायोजक एनआरएनए आईसीसी उपाध्यक्ष रोबिन श्रेष्ठ र जापान मनि एक्सप्रेस (JME) अफिसियल प्रायोजक रहेकाे छ ।

कार्यक्रम साँझ ४ बजेदेखि Meguro Kumin Center, Tokyo मा सुरु हुनेछ । मौलिक संस्कृतिलाई सम्मान गर्दै भावी पुस्तालाई परिचय गराउनु कार्यक्रमको मुख्य उदेश्य हो । जापानभरि रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया