Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

टोकियो – गायक सुमन केसी र गायिका रोजिना बस्नेतको आवाजमा रहेको नयाँ गीत ‘ढुकढुकी’ भिडियोसहित सार्वजनिक भएको छ । भिडियो गायक केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रोमान्टिक भाव बोकेको गीतमा सरोज पोखरेलले संगीत भरेका छन् भने किशोर पोखरेलको उत्कृष्ट शब्द रचना छ । गीतमा मन छुने शब्द तथा सुन्दर संगीत समावेश गरिएकाले दर्शक-श्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

गीतको भिडियो जापानको सुन्दर मियाजाकी क्षेत्रमा छायांकन गरिएको छ । प्रेमभावनाले भरिपूर्ण भिडियोमा जापानमा व्यवसाय सञ्चालन गर्दै आएका राहुल शाही ठकुरी र सन्जु शाही ठकुरीको अभिनय देख्न सकिन्छ । उनीहरूले प्रेम र भावनात्मक क्षणहरूलाई स्वाभाविक रूपमा प्रस्तुत गरेका छन्, जसले भिडियो निकै आकर्षक देखिन्छ ।

भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् भने फुर्वा शेर्पाले क्रियटिभ डाइरेक्टरको भूमिका निर्वाह गरेका छन् । नितिन चन्दकै छायांकन रहेको भिडियोको सम्पादन विकास धमलाले गरेका हुन् । दृश्य संयोजन, रंग संयोजन र क्यामेराको उत्कृष्ट प्रयोगका कारण भिडियोले फरक अनुभूति दिने विश्वास गरिएको छ।सार्वजनिक भएदेखि ‘ढुकढुकी’ले दर्शक तथा श्रोतालाई आकर्षित गरिरहेको छ । भिडियोले उत्कृष्ट दृश्य र प्रेमभावयुक्त कथावस्तुको कारण विशेष चर्चा पाइरहेको छ । गीतको सन्देशले प्रेमको वास्तविकता प्रस्तुत गर्ने प्रयास गरेकाले युवा पुस्तालाई विशेष रूपमा प्रभावित गर्ने अपेक्षा गरिएको छ ।

दर्शकहरूले गीतको संगीत, भिडियोको सुन्दर लोकेसन र कलाकारहरूको भावनात्मक अभिव्यक्तिलाई रुचाइरहेका छन् । संगीतप्रेमीहरूका लागि ‘ढुकढुकी’ एक विशेष उपहार साबित हुने गीत निर्माण टिमको विश्वास छ ।

तपाईको प्रतिक्रिया