Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा शून्य अंक प्रदान गरेको छ । मन्त्रालयकै सहसचिव जीवछ मण्डलको संयोजकत्वमा रहेको मूल्यांकन समितिले यो निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ऊर्जा मन्त्रालयका अनुसार घिसिङले कार्यसम्पादन करारअनुसार प्रगति प्रतिवेदन समयमै नबुझाएको कारण शून्य अंक दिइएको हो । सार्वजनिक संस्थानका प्रमुखहरूले भदौ मसान्तसम्म कार्यसम्पादन मूल्यांकन बुझाउनुपर्ने व्यवस्था रहेकामा घिसिङले सो समयसीमाभित्र बुझाउन सकेनन् । मन्त्रालयका अधिकारीहरूका अनुसार पटकपटक ताकेता गर्दा पनि उनले निर्धारित समयभित्र प्रतिवेदन पेस नगरेको र अन्ततः पुस २५ गतेमात्र बुझाएको कारण मूल्यांकनमा शून्य अंक प्रदान गरिएको हो ।

तर, कार्यकारी निर्देशक घिसिङले आफूले कार्यसम्पादन मूल्यांकनमा ९८.९९ प्रतिशत अंक दाबी गर्दै कार्यसम्पादन सूचकांक विवरण पेस गरेको बताउँदै आएका छन् । उनले मन्त्रालयलाई बुझाएको स्पष्टिकरणमा प्राधिकरणले गरेको प्रगति नै आफ्नो मूल्यांकन रहेको बताएका छन् ।

यससँगै, घिसिङले आफू प्राधिकरणमा आएको आठ वर्षमा संस्थालाई आर्थिक रूपमा सुधार गर्दै नाफामा लैजान सफल भएको दाबी गरेका छन् । उनले आफ्नो कार्यकालमा विद्युत् पहुँच ५०-५५ प्रतिशतबाट ९९ प्रतिशत पुर्‍याएको, लोडसेडिङ अन्त्य गरेको र घाटामा रहेको प्राधिकरणलाई मुनाफामा रूपान्तरण गरेको दाबी गरेका छन् । प्राधिकरणले अघिल्लो आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो भने चालू आर्थिक वर्षको पहिलो छ महिनामै ११ अर्बभन्दा बढी नाफा कमाएको विवरण सार्वजनिक गरिएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया