Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – टोकियो प्रहरीमा सन् २०२४ मा हराएको सम्पत्तिका रूपमा कीर्तिमान ४.४९ अर्ब येन (झण्डै ३० मिलियन अमेरिकी डलर) बराबरको नगद बुझाइएको छ ।  यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोभिड-१९ सम्बन्धी प्रतिबन्धहरू हटेपछि मानिसहरू बाहिर निस्कन थालेका र अन्तर्राष्ट्रिय पर्यटकहरूको चहलपहल बढेकाले यस्तो भएको बताइएको छ । टोकियो मेट्रोपोलिटन प्रहरी विभागको हराएको तथा फेला परेको सम्पत्ति केन्द्रका अनुसार, एकैपटक बुझाइएको सबैभन्दा ठूलो रकम करिब ११.६ मिलियन येन थियो ।

बुझाइएको कुल रकममध्ये करिब ३.२ अर्ब येन सम्बन्धित मालिकहरूलाई फिर्ता गरिएको थियो, भने झण्डै ५७० मिलियन येन फेला पार्ने व्यक्तिहरूलाई नै फिर्ता दिइएकाे छ । करिब ६६० मिलियन येन टोकियो महानगर सरकारको राजस्वका रूपमा परिणत भयो ।

सन् २०२४ मा प्रहरीले झण्डै ४.४ मिलियन वटा हराएका सामग्री प्राप्त गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ७.८ प्रतिशतले वृद्धि भई नयाँ कीर्तिमान कायम भएको छ ।

हराएका सामग्रीमध्ये सबैभन्दा ठूलो संख्या चालक अनुमतिपत्र तथा अन्य परिचयपत्रहरूको रहेको थियो, जुन करिब ८ लाख ३० हजार वटा थियो । त्यस्तै, बेतार इयरफोन तथा ई-सिगरेटजस्ता विद्युतीय उपकरणहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको प्रहरीले जनाएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया