Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – जापानमा चामलको मूल्य उच्च रहिरहेकाले सरकारले भण्डारमा राखिएको चामल बजारमा पठाउने योजना घोषणा गरेपछि मूल्य सामान्य हुने अपेक्षा गरिएको थियो । तर, दुई हप्ता बितिसक्दा पनि मूल्यमा कुनै उल्लेखनीय गिरावट देखिएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फेब्रुअरी १४ मा सरकारले मूल्य वृद्धिलाई नियन्त्रण गर्न २ लाख १० हजार टन चामल बजारमा ल्याउने घोषणा गरेको थियो । यस चामललाई बोलकबोल प्रक्रियाबाट थोक व्यापारीहरूलाई हस्तान्तरण गरिनेछ, जसले गर्दा मार्चको मध्यसम्ममा चामल उपलब्ध हुनेछ । अब मार्चको अन्त्यदेखि अप्रिलको सुरुमा खुद्रा बजारमा पुग्ने अपेक्षा गरिएको छ ।

कृषि मन्त्रालयले सो घोषणा मात्रले पनि चामलको मूल्य घटाउने विश्वास राखेको थियो । तर, प्रमुख चामल थोक व्यापारीका एक कार्यकारीका अनुसार यस्तो प्रभाव अहिलेसम्म देखिएको छैन । निइगाता प्रिफेक्चरको कोशिहिकारी खैरो चामलको थोक मूल्य फेब्रुअरी २६ सम्म प्रति ६० किलोग्राम ४८ हजार ३ सयदेखि ४८ हजार ५ सय येन रहेको छ । जुन एक महिनाअघि भन्दा फरक छैन । यो जानकारी चामल बजार अनुसन्धान संस्था ‘बेकोकु डाटाबैंक’ले दिएको हो ।

बोलकबोल नतिजा सार्वजनिक भएपछि मात्र मूल्य घट्ने प्रभाव देखिने अपेक्षा गरिएको छ । सरकारले पहिलो चरणमा १ लाख ५० हजार टन चामल बजारमा ल्याउनेछ, भने आवश्यक परेको खण्डमा थप ६० हजार टन निकासा गर्न सक्नेछ ।

पछिल्लो उपभोक्ता मूल्य विवरण अनुसार, २०२४ मा चामलको मूल्य अघिल्लो वर्षको तुलनामा २७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । जुन १९७५ पछि सबैभन्दा उच्च वृद्धि हो । डिसेम्बर महिनामा मात्रै चामलको मूल्य वार्षिक आधारमा ६४ दशमव ५ प्रतिशतले उकालो लागेको थियो । यो मूल्य वृद्धिको प्रमुख कारण २०२३ को गर्मी मौसममा अस्वाभाविक रूपमा उच्च तापमानका कारण कमजोर उत्पादन हुनु हो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया