टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले वार्षिक साधारणसभा गर्ने भएको छ । मञ्चले आउने मार्चको ९ तारिखका दिन नागोयामा साधारणसभा गर्ने भएको हो ।
अधिवेशनमा नेपालबाट नेकपा माओवादी केन्द्र एसिया प्रदेश इन्चार्ज ओम शर्मा लगायत नेताहरूको उपस्थिति रहने मञ्चका अध्यक्ष मोहन पौडेलले जानकारी दिए । मञ्चले कार्यक्रम व्यवस्थापनको जिम्मा भने नागोया क्षेत्रीय कमिटीलाई दिइएको छ । कार्यक्रममा सबै क्षेत्रबाट माओवादी निकट शुभेच्छुकहरूको ठूलो उपस्थिति रहने भएकाले कार्यक्रमको भव्य तयारी थालिएको नागोया क्षेत्रीय अध्यक्ष रन्जित गौतमले जानकारी दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रहरूको रिपोर्टिङ, संगठनको हालसम्मको आर्थिक प्रतिवेदन, विधान संशोधन लगायत विषयहरूमा छलफल सहित विधान अधिवेशन समेत गर्ने निर्णय गरेको महासचिव दावा लामाले जानकारी दिए । आर्थिक प्रतिवेदनमा संगठनको वार्षिक आय(व्ययको विवरण, प्रस्तुत गरिने कोषाध्यक्ष गैरी सापकोटाले बताए । मञ्चले विधान संशोधन समितिसमेत निर्माण गरेको छ। विधान अधिवेशनमा संगठनको विधानमा सम्भावित संशोधन, नयाँ विधानको तर्जुमा लगायतका विषयमा छलफल हुने विधान संशोधन समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डे बताउँछन् ।
साधारण सभामा जनप्रगतिशील मञ्च जापानका सल्लाहकारहरू र एसिया प्रदेश लगायतका नेताहरूको उपस्थिति रहनेछ भने नेपालबाट आमन्त्रित नेताहरूको भने राजनीतिक प्रशिक्षण रहने मञ्चका प्रवक्ता जिपी लामिछानेले बताए ।