Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

काठमाडौं – अमेरिकाले हरेक वर्ष हजारौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । कागजातविहिन आप्रवासीलाई स्वदेश फर्काउन लाखौं अमेरिकी डलर खर्च गर्ने परम्परा रहँदै आएको छ । हालैका वर्षमा यो प्रक्रिया झन् तीव्र बनेको छ, विशेषगरी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसबाहेक, अमेरिकामा स्वस्फूर्त रूपमा नागरिकता त्याग्नेहरुको संख्या पनि उल्लेख्य देखिन्छ । सन् २००९ देखि २०२४ सम्मको १६ वर्षको अवधिमा ४८ हजार १६ अमेरिकीले आफ्नो नागरिकता त्यागेका छन् । युएस ट्रेजरी डिपार्टमेन्टको तथ्यांकअनुसार, २००९ मा ७४२ जनाले नागरिकता त्यागे भने २०२० मा यो संख्या उच्चतम ६ हजार ७०५ पुगेको थियो ।

हालैका वर्षमा नागरिकता त्याग्ने प्रवृत्ति निरन्तर देखिन्छ । २०२४ मा ४ हजार ८ सय, २०२३ मा ५ हजार, २०२२ मा २ हजार ८१६, २०२१ मा २ हजार ४२६ जनाले अमेरिकी नागरिकता त्यागेका छन् । अघिल्ला वर्षहरूमा पनि यो संख्या घटबढ गर्दै आएको छ, जसअनुसार २०१९ मा २ हजार ७१, २०१८ मा ३ हजार ९७४, २०१७ मा ५ हजार १३२, २०१६ मा ५ हजार ४०९ जनाले नागरिकता परित्याग गरेका थिए ।

नागरिकता त्याग्नेहरूका लागि अमेरिकाको कानुनी प्रक्रियाअनुसार, कुनै अर्को देशको नागरिकता लिनुपर्ने प्रावधान छ । अमेरिकी नागरिकता त्याग्न चाहने व्यक्तिले सम्बन्धित देशको अमेरिकी दूतावासमा अन्तर्वार्ता दिनुपर्छ र त्यसबापत २ हजार ३५० अमेरिकी डलर शुल्क बुझाउनुपर्छ । यो प्रक्रिया अफिस अफ द फेडेरल रजिष्टर (ओएफआर) को वेबसाइटमा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

नागरिकता त्याग्नुपछाडि विभिन्न कारणहरू देखिन्छन् । नागरिकता सम्बन्धी अध्ययनकर्ता एलिस्टेयर बामब्रिजका अनुसार, धेरै अमेरिकीहरू देशको राजनीतिक अवस्थासँग असन्तुष्ट छन्। ‘धेरैले नागरिकता त्याग्नुको पछाडि अमेरिकाको वर्तमान राजनीतिक वातावरणप्रति असन्तुष्टि व्यक्त गरेका छन्,’ बामब्रिज भन्छन्, ‘तर अर्को महत्त्वपूर्ण कारण कर हो । अमेरिकी नागरिकले विदेशमा बस्दा पनि अमेरिकालाई कर तिर्नुपर्छ, जसले नागरिकता त्याग्न प्रेरित गर्छ ।’

तपाईको प्रतिक्रिया