काठमाडौँ – यम बास्तोलाको शब्दमा तयार भएको ‘सुख दुःख’ गीत कृत्रिम बुद्धिमत्ताको स्वर तथा संगीतमा सार्वजनिक गरिएको छ। यस गीतलाई यमले आफ्नो युट्युब च्यानल ‘यमनेपाल’ मार्फत प्रस्तुत गरेका छन्।
यसअघि साहित्यकार यम बास्तोलाका यस्तै प्रकृतिका ‘तिमी साथ नहुँदा,’ ‘मेरा सामु आई,’ ‘बढेको छ ढुकढुकी,’ ‘म बलिरहेको,’ ‘फर्केर आऊ,’ ‘म हारुँ’ ‘मोडिएछ बाटो,’ ‘खोजीरहेँ,’ ‘हिँड्छौ तर्किएर’ जस्ता थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन्।








