Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – पर्वत कुश्मा-४ की ९९ वर्षीया विष्णुमति दमाईको खुसीको सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् ।

उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो । उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रियापछि पुनःसंसार देख्न पाएकी छन् । उनले भनिन्, ‘सात-आठ वर्षअगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ । मलाई बिहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ ।’ उनको हेरचाह नातिनीले गरिरहेकी छन् ।

दुई वर्षदेखि पूर्णरुपमा अरुकै सहरामा जीवन निर्वाह गरिरहेकी विष्णुमतिले पुनः संसार देख्न पाएपछि खुसी हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘अब यो जुनिमा फेरि संसार देख्न पाउँछुजस्तो लागेको थिएन । मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखी मर्छु जस्तो लागेको थियो । तर, अहिले सबै देख्न पाए शरिर कमजोर भए पनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ ।’

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेसन यूकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो ।

हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनोट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया