Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – फ्रान्सको एउटा रेलवे स्टेसनमा लाउडस्पिकर अन गरेर फोनमा कुराकानी गरेको आरोपमा एक जनालाई २०७ अमेरिकी डलर जरिवाना गरिएको छ ।

डेभिड नाम गरेका व्यक्तिले आइतबार पश्चिम फ्रान्समा रहेको नान्टेस स्टेसनमा रेललाई कुरिरहेका बेला लाउडस्पिकर अन गरेर फोनमा कुराकानी गरेका थिए । बहिनीसँग फोनमा कुराकानी गरिरहेका बेला आफूलाई फ्रान्सको सरकारी स्वामित्वमा रहेको रेल कम्पनीका एक सुरक्षाकर्मीले सोधपुछ गरेको डेभिडको भनाइ छ ।

‘एक सुरक्षाकर्मी आएर मलाई लाउडस्पिकर बन्द नगरे १५० यूरो जरिवाना गर्ने बताए,’ डेभिडले भनेका छन् । आफूले सुरुमा यसलाई मजाकको रूपमा लिएको उनको भनाइ छ । उनले घटनास्थलमा जरिवाना बुझाउन नसकेपछि जरिवाना बढाइएको थियो । पछि उनले २०० युरो अर्थात् २०७ अमेरिकी डलर जरिवाना बुझाउनुपरेको थियो । –सीएनएनबाट

तपाईको प्रतिक्रिया