Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर हिजोकै यथावत छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ । हिजो पनि अमेरिकी डलरको कारोबार यहीदरमा भएको थियो । यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

युरो एकको खरिदर एक सय ४४ रुपैया ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा छ । आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा छ । आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्री दर आठ रुपैयाँ ८६ पैसा छ । आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा छ । त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा छ ।

तपाईको प्रतिक्रिया