Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायिका समीक्षा अधिकारीले आफ्नो चरित्र हत्या भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको खबर सार्वजनिक भएको छ। उनले एआई प्रविधिको दुरुपयोग गरेर बनाइएको भिडिओमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्।

समीक्षाले २१ हजार फलोअर रहेको “दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर” नामक फेसबुक पेजविरुद्ध उजुरी गरेको खुलासा सामाजिक सञ्जालमा गरेकी छन्। उनले उजुरीको विवरणसहित पोस्ट शेयर गर्दै गलत क्रियाकलापमा संलग्न भएर अरुको जीवनमा असर नगर्न आग्रह पनि गरेकी छन्। समीक्षाका अनुसार सस्तो लोकप्रियताको खोजी गर्दै गरिएको यो गैरकानुनी कदमले व्यक्तिको इज्जत र आत्मसम्मानमाथि गम्भीर असर पारेको छ।

 

 

तपाईको प्रतिक्रिया