Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय कलाकार सुनिल ग्रोबर काठमाडौं आइपुगेका छन्। उनी एक विशेष कार्यक्रममा भाग लिन नेपाल आएका हुन्। आयोजक लिक्विड इन्टिलिजेन्सका अनुसार, शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजना हुने ‘सुनिल ग्रोबर लाइभ इन नेपाल’ कार्यक्रमका लागि उनी यहाँ आएका हुन्।

उक्त कार्यक्रममा सुनिलसँगै नेपाली सांगीतिक समूह कुटुम्बले पनि आफ्नो प्रस्तुति दिनेछ। ‘द कपिल शर्मा शो’ बाट चर्चित बनेका सुनिल ग्रोबर नेपालमा पनि अत्यन्त लोकप्रिय छन्।

फिल्म क्षेत्रमा समेत सक्रिय ग्रोबरले ‘गजनी’, ‘गब्बर इज ब्याक’, ‘कफी विथ डी’, ‘पटाखा’, ‘जवान’ र ‘बाघी’ जस्ता सफल चलचित्रहरूमा अभिनय गरिसकेका छन्। उनको यो नेपाल भ्रमणले नेपाली दर्शकलाई थप रोमाञ्चित बनाएको छ।

तपाईको प्रतिक्रिया