Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बढ्दो गर्मीका कारण पछिल्ला ६ दिनमा पाकिस्तानमा पाँच सयभन्दा बढीको ज्यान गएको छ। यसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका नागरिक प्रभावित भएका छन्।

स्थानीय ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० जनाको शव ल्याउने गरिएको छ। बीबीसीका अनुसार, पछिल्ला ६ दिनमा उनीहरूले लगभग ५६८ शव सङ्कलन गरेका छन्।

मंगलवार मात्रै एकैदिन १४१ जनाको शव ल्याइएको थियो। गर्मीको तापक्रम बढेसँगै ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढेको हो। कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। कराँचीमा अत्यधिक गर्मीको साथै बिजुली कटौतीको समस्या पनि रहेको छ।

 

 

तपाईको प्रतिक्रिया