Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिणी मेक्सिकोमा एक नगरप्रमुखको हत्या भएको एक हप्ताभित्रै अर्का नगरप्रमुखको पनि हत्या भएको छ। स्थानीय अधिकारीहरूले शनिबार यस कुराको पुष्टि गरेका छन्। गत जुन २ मा गुएरेरो राज्यका मेयर साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकका नगरप्रमुख अकासियो फ्लोरेसको पनि हत्या भएको हो। मानवअधिकार अभियानकर्मीले एएफपीलाई बताएका अनुसार फ्लोरेसको शव मालिनाल्टेपेकमा एक भ्यानको पछाडि टाउकोको पछाडिको भागमा गोली लागेको अवस्थामा फेला परेको थियो।

बिहीबार आदिवासी समुदायमा गएका बेला पक्राउ परेका फ्लोरेसलाई रिहा गर्न अधिकारकर्मीहरू वार्तामा जुटेका थिए। गुएरेरोका सरकारी अभियोजकले हत्याको अनुसन्धान सुरु गरिएको र सम्भावित जग्गा स्वामित्व विवादलाई पनि अनुसन्धानको दायरामा राखिएको बताएका छन्।

गैरसरकारी संस्था डाटा सिभिकाका अनुसार, गत सेप्टेम्बरमा मेक्सिकोको चुनावी अभियान सुरु भएयता करिब ३० जना राजनीतिक उम्मेदवारको हत्या भइसकेको छ। मेक्सिकोको प्रशान्त महासागरीय तटमा अवस्थित गुएरेरो राज्य लागुऔषध ओसारपसार र हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यमध्ये एक हो, जहाँ सन् २०२३ मा १,८९० जनाको हत्या भएको थियो।

तपाईको प्रतिक्रिया