Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौं – हास्यकलाकार जितु नेपालले सन्चालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि कार्यक्रम बन्द भएको जानकारी दिएका हुन् । एक्कासी कार्यक्रम बन्द गर्नुको खास कारण भने खुलाएका छैनन् ।

उनले आज अन्तिम भाग प्रसारण गरेर कार्यक्रम कहिलेसम्मको लागि बन्द हुने उल्लेख गरेका छैनन्। उनले लेखेका छन्, अन्तत: आजबाट बिदा मागियो आज अन्तीम भाग सिजन ३ गरेर १८४ भाग गरिएछ। सबैप्रति आभारी छु। भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासी बन्द गर्न पर्ने केही कारण चॅाही भनेको छैन अहीले, भन्ने समय आएपछि भनौला ।’

उक्त कार्यक्रम सिजन ३ गरेर १ सय ८४ भाग प्रसारण गरिसकेको जनाएको छ । यसअघि २०७८ कात्तिकमा पनि कार्यक्रम बन्द गरेका थिए । ***

 

तपाईको प्रतिक्रिया