Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज शुक्रबारदेखि फिल्म ‘अगस्त्य’ प्रदर्शनमा आएको छ। सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ मा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ। फिल्मलाई संजय लामाले छायांकन गरेका हुन्।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ। यो फिल्मसँगै हलिउड फिल्म ‘डिनोः पार्ट २’, बलिउड फिल्म ‘लापत्ता लेडी’ र ‘अपरेशन भ्यालेन्टाइन’ प्रदर्शनमा आएका छन्।

 

तपाईको प्रतिक्रिया