Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई जुडो पोशाक हस्तान्तरण गरेका छन् । जापानको दूतावासमा मंगलबार भएको एक कार्यक्रममा राजदूत युताकाले नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यलाई २४० जुडो गी प्रदान गरेका हुन् ।

जापानको जुडो महासंघ र जापान सरकारको परियोजना ‘स्पोर्ट्स डिप्लोमेसी इन्हेन्समेन्ट’अन्तर्गत सो सहयोग नेपाल जुडो संघलाई उपलब्ध गराइएको हो । राजदूत युताकाले यस खेलको दैनिक अभ्यासले युवा जुडो खेलाडीहरुको खेल्ने क्षमता मात्र वृद्धि हुने नभएर स्वस्थ शरिर र उच्च खेल भावना पनि सिक्ने भनाई राखे । ‘जुडोले युवाहरुको मानसिक र शारिरीक वृद्धिमा सहयोग गर्छ । यसैगरी, यस्तो योगदानले नेपाल र जापानबीचको सम्बन्ध पनि थप न्यानो हुने मलाई विश्वास छ,’ उनले भने ।

नेपाल जुडो संघका अध्यक्ष बज्राचार्यले सहयोगका लागि धन्यवाद दिँदै जापानबाट सहयोग प्राप्त जुडो गी राष्ट्रिय टिमका खेलाडी, जिल्ला जुडो संघ, नेपाल पुलिस क्लबका सार्थ अन्य जुडो क्लबहरुलाई अभ्यास गर्न वितरण गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशिक्षक वीरेन्द्र रञ्जित, सिनियर प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, ओलम्पियन तथा जुडो प्रशिक्षक देवु थापा संघका पदाधिकारीका साथै सन् २०२६ मा जापानको आइचि नागोयामा हुने एसायाली खेलकुदका लागि तयारी गरिरहेका चार जुडो खेलाडीको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया