Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मिसेस वर्ल्ड- २०२३ मा नेपालले सेमिफाइनलसम्म पुगी ह्युमनिटेरियन अवार्ड जितेको छ। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर सहभागी भएकी मिसेस नेपाल वर्ल्ड पृथ्वीया थापाले ह्युमनिटेरियन अवार्ड जितेकी हुन्। मिसेस वर्ल्डमा शीर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफूले ह्युमनिटेरियन अवार्ड जित्न सफल भएको पृथ्वीयाले बताइन्। ‘निकै ठूलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठूलै सफलताको रूपमा लिएकी छु। यो मेरो लागि मात्र नभएर नेपालकै लागि महत्त्वपूर्ण उपब्धि भएको मैले ठानेकी छु। हामीले अझ बढी तयारी गरेर सहभागी भएमा मिसेस वर्ल्डकाे उपाधि जित्न पनि सकिन्छ भन्ने मलाई लाग्छ, ’ पृथ्वीयाले भनिन्।

उनी उपाधिसहित यसै साता नेपाल फर्किँदै छिन्।मिसेस नेपाल वर्ल्डकाे आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफूहरूले ठूलो सफलताको रूपमा लिएको बताए।‘मिसेस वर्ल्डमा हामीले प्रतिनिधित्व गराएको यो दोस्राे अवसर हो। दोस्राे अवसरमै एउटा मुख्य अवार्ड हासिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो, ’ उनले भने।

प्रतियोगितामा मिसेस वर्ल्ड २०२३ को उपाधि जर्मनकी जुलिया क्यारोलिनले जितेकी छन्। मेडिकल डक्टरसमेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छन्।विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए।

 

तपाईको प्रतिक्रिया