Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – हिन्दु धर्मावलम्बी नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा योकोहामामा हुने ‘तीज फेस्टिवल’ तयारी पूरा भएको छ । कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्युनिटीको संयुक्त आयोजनामा सोमबार गर्न लागिएको ‘तीज फेस्टिवल’को सबै तयारी पूरा भएको हो ।

टोकियोको कामतामा रहेको चर्चित नेपाली रेष्टुरेन्ट चौतारो रेष्टुरेन्टको साझेदारितामा हुन लागेको सो महोत्सवको सहआयोजकमा नवलपुर समाज जापान र भिजिट नवलपुर रहेका छन् । कार्यक्रममा नेपाली गीत/संगीतमा विशिष्ट पहिचान बनाएका चर्चित गायक रमेशराज भट्टराई, अर्जुन सापकोटा र सुशीला गौतमसहित जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला दूरा, खेमराज पौडेल, शिवा केसी अमित सापकोटा र कोपिला शर्माको प्रस्तुति रहने कोकोरोका सञ्चालक प्रेमप्रसाद कँडेलले जानकारी दिए ।

विभिन्न कारणबाट विदेशमा रहेको भएपनि नेपाल अनि नेपालीहरूको धर्म, कला, संस्कृति अनि रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यका साथ आउँदो सेप्टेम्बर १८ तारिख (असोज १ गते) सोमबारका हरितालिका तीजको दिनमा नै योकोहामाको हिगासी कानागावाको कानक हलमा तीज फेस्टिवलको आयोजना गरिएको कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ बताए ।

‘यस पटकको तीज महोत्सवमा सहभागिताका लागि कानागावा, योकोहामा र यस आसपासमा रहनु भएका नेपाली समुदायबाट प्राप्त जिज्ञासा अनि सम्पर्कले निकै उत्साहित बनाएको छ,’ कोकोरोका सञ्चालक खेमराज पौडेल भन्छन्, ‘नेपाली संस्कृति अनि परम्परालाई जगेर्ना गरिरहने हाम्रो यो तीज विशेष सांगीतिक महोत्सवलाई सबै किसिमले सभ्य अनि भव्य बनाउनका लागि तयारीपनि उस्तैगरी गरिरहेका छौं ।’

सकेसम्म धेरैको सहभागिता होस् भनेर जापानको पनि सार्वजनिक बिदाको दिन पारेर तीज फेस्टिवलको आयोजना गरिएको हो । तीज महोत्सवमा सहभागिताका लागि  भिआईपी १ मान येन र साधारण १ हजार येन टिकट दर कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया