Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – गत नोभेम्बर २२ मा मानव जनसंख्याले ८ अर्ब नाघेको छ । मानिसले अहिले पृथ्वीमा आधिपत्य जमाएको छ र मानवीय क्रियाकलापका कारण प्राकृतिक सन्तुलन बिथोलिँदा कैयौं जीवजन्तु लोप भएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर पृथ्वीमा एकछत्र राज्य गरिरहेका आधुनिक मानवका पूर्वजहरू कुनै बेला झन्डै विलुप्त हुने संघारबाट गुज्रिएको चिनियाँ वैज्ञानिकहरूले गरेको एक अध्ययनले देखाएको छ । आधुनिक मानवका ३ हजार नमुनाको आनुवंशिक उपक्रम ( जिनोम सिक्वेन्स ) अध्ययनले ९ लाख ३० वर्षअघि प्रतिकूल वातावरणीय अवस्था, जलवायुमा आएको अकस्मात् परिवर्तनलगायत अन्य कारणले पृथ्वीमा प्रजननयोग्य मानव पूर्वजको जनसंख्या १२ सय ८० मा खुम्चिएको वैज्ञानिक जर्नल साइन्समा गत साता प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

यो नतिजामा पुग्न वैज्ञानिकहरूले समान प्रजातिमा जनसांख्यिक उद्विकास कसरी भयो भनेर समीक्षा गर्न राइट फिसर मोडलका आधारित रहेको कोएलेसेन्ट विधिको अवलम्बन गरेका थिए । हजारौं वर्षअघि भएको जनसंख्यागत उतारचढाव आधुनिक मानवको आनुवंशिक उपक्रममा मुखरित हुने आधारमा चिनियाँ वैज्ञानिकले यो अध्ययनका लागि जनसङ्ख्या आङ्कलन गर्ने फिटकोल नामक अनुसन्धानात्मक उपकरणको सहायता लिएका थिए । –नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया