Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – बलिउड अभिनेता तथा लोकसभा सांसद सनी देओलको जुहूस्थित सनी भिलाको लिलाम नोटिस फिर्ता लिएको छ। सोमबार बैंक अफ बरोदाले प्राविधिक कारण देखाउँदै लिलामको सूचना फिर्ता लिएको हो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सूचना निकालेको २४ घण्टा नबित्दै बैंकले सनीको घर लिलाम हुनबाट रोकेको छ।

यस विषयमा कांग्रेस नेता जयराम रमेशले प्रश्न उठाएका छन्। उनले एक ट्वीट गर्दै लेखेका छन्, ‘लिलामी रोक्ने प्राविधिक कारण कहाँबाट आयो?’ आइतबार प्रकाशित सूचनामा सनीले २०२२ मा बैंकबाट ५६ करोड भारू ऋण लिएका थिए। तर अहिलेसम्म ऋण तिरेका छैनन्। ऋण तिर्न नसकेपछि बैंकले मुम्बईस्थित जुहूमा रहेको देओलको घर २५ अगस्टमा लिलामी हुने बताइएको थियो। यसमा सनीको जमानत उनका बुबा धर्मेन्द्र देओल छन्।

सनी देओलको अफिशियल नाम अजय सिंह देओल हो। उनी सन् २०१९ मा पञ्जाबबाट कांग्रेसका नेता सुनिल जाखन्डलाई हराउँदै भाजपाका सांसद भएका थिए। यतिबेला सनी देओल अभिनीत फिल्म ‘गदर २’ प्रदर्शन भइरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा १० दिनमा ३७५ करोड १० लाख भारू कमाएको छ।

 

तपाईको प्रतिक्रिया