काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार घोडे जात्रा पर्व मनाइएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
उक्त समारोहमा घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका छन् । घोडेजात्राको रौनकले टुँडिखेलको माहौल नै तताएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्व सहभागी हुने गर्छन् ।
टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलनअनुसार घोडेजात्रा मनाउन थालिएको किम्वदन्ती छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।
तपाईको प्रतिक्रिया