Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – फ्रान्स राष्ट्रिय टोलीका डिफेन्डर राफायल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। टोलीको उपकप्तानसमेत रहेका उनले बिहीबार सन्यासको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

२९ वर्षीय भारानको सन्यास अप्रत्यासित मानिएको छ। २४ वर्षीय केलियन एम्बाप्पेलाई प्रशिक्षक डिडियर डेसच्याम्सले नयाँ कप्तान बनाउन खोजेकाले उनले सन्यास लिएको हुनसक्ने अनुमान गरिएको छ।

नियमित कप्तान ह्युगो लोरिसले केही समयअघि मात्र सन्यास लिएकाले कप्तान पद खाली छ। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भारानले फ्रान्सका लागि ९३ खेल खेल्दै ५ गोल गरेका छन्। सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी उपकप्तान नै थिए।

तपाईको प्रतिक्रिया