Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौँ – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। गएराति सम्पन्न प्रतियोगिता आफ्नो चिर प्रतिद्वन्दी रियल मड्रिडलाई ३-१ गोलअन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो। साउदी अरबको रियादस्थित किंग फाहद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलको ३३ औं मिनेटमा १८ वर्षे गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ४५ औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले गोल थप्दा पहिलो हाफमै बार्सिलोना दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा दुबै टोलीले एकएक गोल थपे। खेलको ६९ औं मिनेटमा पेड्री गोञ्जालेजले गोल गर्दा इन्ज्युरी समयमा रियल मड्रिडका करिम बेन्जेमाले सान्त्वना गोल फर्काए।प्रशिक्षक जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले यो पहिलो उपाधि जितेको हो।

 

तपाईको प्रतिक्रिया