Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – बेल्जियमको राष्ट्रिय फुटबल टोलीका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। कतारमा जारी २२ औं संस्करणको विश्वकपमा समूह चरणबाटै दाबेदार मानिएको बेल्जियम बाहिरिएको थियो।

मोरक्कोसँग अप्रत्याशित हार ब्यहोरेपछि बेल्जियममा समर्थकहरू तोडफोडमा समेत उत्रिएका थिए। बेल्जियम टिमको कप्तानसमेत रहेका ३१ वर्षीय हाजार्डले राष्ट्रिय टोलीबाट सन्यास लिएको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत गराएका छन्।स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध रहेका हजार्डले बेल्जियमबाट १२६ क्याप खेल्दै ३३ गोल गरेका छन्।

उनकै नेतृत्वका बेल्जियम गत संस्करणको विश्वकपमा तेस्रो भएको थियो। बेल्जियम राष्ट्रिय फुटबल टोलीको विश्वकपमा यो सबैभन्दा ठूलो सफलता हो।

 

तपाईको प्रतिक्रिया