Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको साहित्य चौतारी कार्यक्रम अन्तर्गतको ८औँ श्रृंखला कृति विमोचनसहित सम्पन्न भएको छ । नारीलाई विशेष केन्द्र बनाएर लेखिएको अनेसास जापानका सल्लाहकार समेत रहेका डा. विजय ज्ञवालीको कृति ‘अमोहा’ सो अवसरमा विमोचन गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यहि ७ तारिक आइतबारका दिन भएको उक्त कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल ‘माइला’, समीक्षक राजकुमार बानियाँ, लेखक–प्रकाशक आन्विका गिरी र लेखक डा. विजय ज्ञवालीको उपस्थिति रहेको थियो । संस्था महासचिव रविन शर्माको सञ्चालनमा रहेको कार्यक्रम सदाझैँ नेपाली राष्ट्रिय गानसहित सुरुवात गरिएको थियो । विमोचन समारोह कार्यक्रममा संस्थाका अध्यक्ष गिरिजा गैरेले उपस्थित अतिथिहरुमा आभार व्यक्त गर्दै कृति सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले विमोचित कृतिमाथी आ-आफ्नो धारणा व्यक्त गर्दै कृति सफलताको शुभकामना व्यक्त गरेका थिए भने आममानिसका कथा भएकाले सबैलाई एकपटक कृति अध्ययन गर्न अनुरोध गरे । लेखक ज्ञवालीले छोरीलाई केन्द्र बनाएर लेखिएको भएतापनि यो एक बाबुको मनोविज्ञानसँग सम्बन्धित कृति रहेको कुरा जानकारी गराउँदै औपचारिक विमोचन कार्यक्रमको आयोजना गरिदिने अनेसास जापान च्याप्टर साथै कृति प्रकाशित गर्ने सांग्रिला बुक्स नेपालप्रति कृतज्ञता व्यक्त गरे ।

कृति विमोचनका साथै कार्यक्रममा केही प्रश्नोत्तर तथा अन्य साहित्यिक विषयमा छलफलसमेत गरिएको थियो । आन्विका गिरीले प्रकाशनका विषयमा, राजकुमार बानियाँले नेपाली साहित्यका विषयमा र प्रकाश पौडेलले अनेसासको भूमिकाका विषयमा विचार व्यक्त गरेका थिए । अनेसास जापान च्याप्टरले आगामी दिनहरुमा पनि साहित्यिक अन्तरक्रियालाई निरन्तर दिने जनाउँदै कार्यक्रम समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया