Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – जापानी दूरसञ्चार कम्पनी निप्पो टेलिग्राफ एण्ड टेलिफोन ९एनटीटी०ले मोबाइल फोन सेवा प्रदायक कम्पनी एनटीटी डोकोमोको पूर्ण स्वामित्व किन्ने भएको छ । जापान सरकारले मोबाइल सेवा प्रदायकहरूलाई शुल्क कटौतीका लागि दबाब दिइरहेको समयमा कम्पनीले यस्तो कदम चालेको हो ।

एनटीटीले ४० खर्ब येन ९करीब ३८ अर्ब डलर०मा डोकोमोमा बाँकी रहेको ३४ प्रतिशत शेयर किन्न लागेको हो । डोकोमोमा अहिले एनटीटीको करीब ६६ प्रतिशत शेयर स्वामित्व छ । यो सम्झौतापछि डोकोमोको पूर्णरूपमा एनटीटीको सहायक कम्पनी बन्नेछ । सोही अनुसार कदम चाल्न कम्पनीले यस्तो निर्णय गरेको हो ।

यो सम्झौतापछि एनटीटीले डोकोमोबाट थप मुनाफा कमाउने अपेक्षा गरिएको आर्थिक अभियानले समाचार लेखेको छ । नवनिर्वाचित जापानी प्रधानमन्त्री योशिहिदे सुगाले मोबाइल फोनको शुल्क घटाउन खोजिरहेका छन् ।

तपाईको प्रतिक्रिया