टोकियो – लामो आयुको रुपमा विश्वमै ख्याती पाएको जापान अनुशासनको मामिलामा पनि विश्वमा प्रख्यात छ । जिम्मेवरी स्वीकार गर्ने मामिलामा पनि जापानीहरुको स्वभाव त्यत्तीनै उत्कृष्ट ।
यसको उदाहरणको रुपमा हालै मात्रै स्वास्थ्यका कारण जापानी प्रधानमन्त्री शिन्जो आबेले आफ्नो पदबाट दिएको राजीनामालाई लिन सकिन्छ । सूर्योदयको देश जापान आफ्नो खानपान, संस्कृती र प्रविधिका कारण पनि विश्वमै चर्चित छ । आज हामी तपाईहरुलाई जापानसँग सम्बन्धित केही रोचक तथ्यको बारेमा जानकारी गराउन गइरहेका छौ ।
निहुरेर सम्मान गर्नु
जापान एक प्राचीन देश हो । यहाँको रीति-रिवाज र परम्परा पनि अत्यन्त अनौठो किसिमको छ । नेपालमा जसरी मानिसहरु नमस्कार गरेर अरुको सम्मान गर्छन् त्यसैगरी जापानीहरु निहुरेर अरुलाई अभिवादन गर्छन् । सर्वाधिक अनौठो कुरा के छ भने जसलाई बढी सम्मान गरिन्छ, त्यतीनै बढी निहुरिइन्छ । व्यक्ति जतिसुकै प्रतिष्ठित भएपनि उनी पनि अगाडिको मानिस सामु निहुरिन्छन् । उनीहरुबीच केवल निहुरिदाको डिग्री मात्रै फरक हुन्छ ।
लामो आयु बाच्छन् जापानी
जापानका मानिस सर–सफाईमा अत्यन्त जागरुक छन् । विद्यालयमा विद्यार्थी र शिक्षक दुवै मिलेर कक्षा कोठा सफा गर्छन् । यहाँका मानिसको आयु लामो हुन्छ । यहाँका नागरिकको औसत उमेर ८२ वर्षको रहेको छ । जुन अन्य कुनै पनि मुलुकको तुलनामा बढी हो ।
सयम पालनामा विशेष ध्यान
जापानका मानिस समय पालनको मामिलामा अत्यन्त गंभीर छन् । समय पालनाको मामिलामा यहाँका मानिस विश्वमै नम्बर वान छन् । उनीहरुको समय पालना यती सम्मको छ कि रेल कहिले पनि ३० सेकेन्ड भन्दा ढिलो छुट्दैन ।
ठूलो स्वरमा बोल्नु अशभ्यता
जापानमा सार्वजनिक स्थलमा ठूलो0ठूलो स्वरमा बोल्नु वा कुनै बस्तु सुघ्नु असभ्यता मानिन्छ । यहाँ सम्मकी यहाँका मानिसहरु अर्काको हात समातेर हिँड्न समेत राम्रो मान्दैनन् । जापानका मानिस नयाँ वर्षको खुसीमा सबैभन्दा पहिले मन्दिरमा गएर १०८ पटक घन्टी बजाउछन् ।
बालबालिका लागि विशेष नियम
जापानमा यस्तो कानुन छ, जसका अनुसार १० वर्ष सम्म उनीहरुले कुनै परीक्षा दिनु पर्देन । यो १० वर्षको उमेरसम्म उनीहरुलाई जीवनको आनन्द लिने मौका दिइन्छ । –कारोबारबाट








