Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026
चीन–भारत सीमा क्षेत्र लद्दाखको पहाडी इलाकामा मंगलबार उडेको भारतीय हवाई सेनाको ‘सी–१७ ग्लोबमास्टर’ विमान । तस्बिर : रोयटर्स

काठमाडौँ – रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि तनावपूर्ण स्थिति उत्पन्न भएको हो  ।

उक्त घटनालाई लिएर दुवै देशबीच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । दुवै देशले आफ्नोतर्फबाट गोली नचलाएको दाबी गरेका छन् ।
चीनले सोमबार मध्यरात विज्ञप्ति जारी गर्दै भारतमाथि परिस्थिति भड्काएर द्विदेशीय सीमाको उत्तरी खण्डमा पर्ने बांगङ हुनानमा लाइन एफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेको आरोप लगाएको छ ।

‘भारतीय सेनाले एक्कासि गोली चलाएपछि त्यहाँ तैनाथ चिनियाँ सीमारक्षकहरूले स्थिति नियन्त्रणमा लिन उचित कदम चाल्न बाध्य भए । भारतीय पक्षबाट भएको उक्त कदम दुवै देशबीच भएका समझदारीहरूको गम्भीर उल्लंघन हो । यस्ता घटनाले क्षेत्रीय तनाव, असमझदारी र अविश्वास थप बढाउने काम गरेको छ,’ चिनियाँ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनको उक्त आरोपलाई भारतले भने ठाडै अस्वीकार गरेको छ । मंगलबार बिहान भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै भारत एलएसीको तनाव कम गर्न प्रतिबद्ध रहेको जनाएको छ । चीनले सीमा क्षेत्रमा तनाव बढाउने गरी उत्तेजक गतिविधि गरेको भारतको आरोप छ । ‘भारतीय सेनाबाट एलएसी पार गरेर गोली चलाउनेजस्तो परिस्थिति भड्काउने काम कुनै पनि अवस्थामा हुन सक्दैन । बरु सैन्य, कूटनीतिक र राजनीतिक तहमा तनाव कम गर्न पहल भइरहेका बेला पीएलएका तर्फबाट समझदारीहरूको ठाडो उल्लंघन गर्ने काम भएको छ । पीएलएका तर्फबाट भयभीत पार्नका लागि केही राउन्ड गोली हावामा चलाइएको थियो,’ भारतीय सेनाले भनेको छ ।

साथै, उत्तेजित पार्न गम्भीर प्रयास हुँदाहुँदै पनि भारतीय सेनाले संयम अपनाउँदै परिपक्व र जिम्मेवार व्यवहार देखाएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी, भारतीय सेनाले ‘चिनियाँ पक्षबाट आएको विज्ञप्तिलाई घरेलु र अन्तर्राष्ट्रिय जगत्लाई भ्रममा पार्ने प्रयास’ भनेको छ ।

तपाईको प्रतिक्रिया