Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत गरी राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन नगरे यही निहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनेसम्मको कार्यकारी अध्यक्ष प्रचण्डको प्रयास तत्कालका लागि असफल भएको स्रोतको दाबी छ । ओलीलाई हटाउने रणनीतिमा माधव नेपालको साथ नपाएपछि प्रचण्ड ब्याक भएका हुन् ।

नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि मन्त्रिपरिषदले सिफारिस गर्ने निर्णयमाथि प्रधानमन्त्रीले असहमति जनाएका थिए । उनको असहमति सचिवालय बैठकको निर्णयभन्दा पनि यसको नियत र प्रक्रियाप्रति थियो । पार्टीले सरकारलाई आग्रह गर्नसक्ने, तर फलानोलाई नै गर भनेर बाध्य पार्न नहुने उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीको अर्को भनाई चाहिँ प्रधानमन्त्री हुनेगरी संविधान संशोधन नभएसम्म राष्ट्रियसभामा नजाने अडानमा रहेका वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत भएर सांसदमात्र हुन किन तयार भए ? प्रधानमन्त्री यहिँबाट झस्किए । जबकि २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न ओलीले नै सचिवालयमा वामदेवको नाम प्रस्ताव गर्दा उनले अस्वीकार गरेका थिए ।

प्रचण्डको चलखेल
संविधान संशोधन कार्यदल गठन लगत्तै ठूलो विरोध भएपछि नेकपा नेतृत्व वामदेव गौतमको चाहाना पूरा गर्ने बाटोबाट ब्याक भयो । यसबीचमा प्रचण्डले अर्को चलखेल सुरु गरेको सूचना बालुवाटारले पाइसकेको थियो । प्रचण्डले शेरबहादुर देउवासंग पनि छलफल गरेको बालुवाटारले जानकारी पायो । जुन छलफलमा विनोद चौधरी समेत संलग्न थिए । ***

तपाईको प्रतिक्रिया