Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडाैं – हेटौंडाकी तेस्रोलिङ्गी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ । हेटौंडा-५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिङ्गी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् ।

लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको शव विभत्स अवस्थामा फेला परेको थियो । भुजेलको घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल नै ल्याइएको छ । अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकाले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।

हेटौंडा-११, नवलपुरकी २९ वर्षकी तेस्रोलिङ्गी अजिताको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमपछि नवलपुरमा दाहसंस्कार गरिएको छ । पोस्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया