Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

ढाका – प्याजको मूल्य अत्यधिक बढेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले प्याज खान छाडेकी छन् । सोमबार हसिनाले आफूले प्याज खान छाडेको घोषण गरेकी हुन् ।

भारतमा प्याजको उत्पादनमा कमी आएपछि गत सेप्टेम्बर महिनादेखि भारतले बंगलादेशमा प्याज आयात गर्न प्रतिबन्ध गरेको छ । भारतले प्याज प्रतिबन्ध गरेपछि बंगलादेशमा प्याजको भाउ आकासिएको हो । यसअघि ३० टाकामा एक केजी आउने प्याज यतिबेला २२० टाका पुगेको द गार्जेनले जनाएको छ ।

उपभोक्ताको माग पूर्ति गर्नका लागि यतिबेला बंगलादेशमा म्यानमारलगायतका देशबाट प्याजको आयात भइरहेको जनाइएको छ । हसिना सरकारले राम्रो अर्थनीति नलिएकाले तरकारीको भाउ बढेको भन्दै विपक्षी दलले आन्दोलन गर्ने बताइरहेका छन् । बंगलादेशी सर्वसाधारणहरुले प्याजको भाउ घटाउन सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया