Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडाैं – जापानी भाषा परीक्षाका लागि लक्की ड्रबाट छानिएका मध्ये आधा मात्रै परीक्षामा सामेल भएका छन् । छनोट भएका एक हजार जना मध्ये पाँच सय ४७ ले मात्रै परीक्षा दिएका छन् ।

जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर) का लागि परीक्षा सञ्चालन गरिरहेको छ । तेस्रो एवं अन्तिम चरणको परीक्षा कात्तिक २६, २७ र २८ हुँदै छ । कात्तिक १०, ११ र १२ गते पहिलो चरणको र कात्तिक १९, २० र २१ गते दोस्रो चरणको परीक्षा भइसकेको छ । भाषा परीक्षामा उत्कृष्ट मात्रै जापान जान पाउनेछन् । जापानले आफूलाई चाहिने कामदार लक्षित गरी केही बढी परीक्षार्थी लक्की ड्रबाट छनोट गरेको थियो । परीक्षामा सामेल उत्कृष्ट व्यक्ति मात्रै जापान जान पाउनेछन् ।

लक्की ड्रबाट छनोट भएका परीक्षार्थीले परीक्षा हुनु तीन दिन अघिसम्म भौचर लिनुपर्छ । अन्तिम परीक्षा अब मंगलबार सञ्चालन हुने भएकाले भौचर लिने समय धेरै नभएकाले परीक्षार्थी बढ्ने सम्भावना कम छ । छनोटमा परेका परीक्षार्थीले भाषा परीक्षाका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ । नर्सिङ केयरको भाषा परीक्षाका लागि १३ हजारले अनलाइन फारम भरेका थिए । भाषा परीक्षामा उत्तीर्ण भएका सीप परीक्षणमा सहभागी हुन पाउँछन् । जापान फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट भाषा परीक्षा सञ्चालन गरेको थियो । नर्सिङ केयरमा जानेले एन फो तहको भाषा परीक्षा पास गर्नुपर्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार भाषा र सीप परीक्षापछि जापान जाने प्रक्रिया सुरु हुन्छ । स्किल वर्कर भिसामा जाने कामदारले सुरुमा भिसाका लागि आवेदन दिनुपर्छ । नेपाली कामदार लैजानेमा जापानले प्राथमिकता दिएको उनले बताए । नेपाली कामदारका लागि जापान आकर्षक मुलुक मानिन्छ । जापानले दुई-दुई महिनामा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । जापानले नेपालसहित नौ मुलुकबाट विदेशी कामदार लैजाने तयारी गरे पनि सात मुलुकबाटै प्रक्रिया सुरु भएको जापान फाउन्डेसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया