Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौ – काठमाडौं उपत्यकाका  ३ कारागारमा ७ जना भीआईपी कैदी रहेका छन्। कारागार व्यवस्थापन विभागकाअनुसार काठमाडौंका २ र ललितपुरको कारागारमा गरी ७ जना भीआईपी थुनामा छन्।

काठमाडौंको डिल्लीबजार स्थित कारागारमा ३ जना, केन्द्रीय कारागार सुन्धारामा ३ जना र नख्खु कारागारमा एक जना भीआईपी रहेका रहेका छन्। डिल्ली बजार कारागारमा नेपाल प्रहरीका पूर्व आईजीपी रमेश चन्द ठकुरी, सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइराला रहेका छन्। चन्द भ्रष्टाचार र खनाल कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका हुन्। कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित रेशम चौधरी पनि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई डिल्ली बजार कारागार मै छन्।

तत्कालीन एमालेकातर्फ पूर्व सभासद् रामचन्द्र प्यासी कुशवाह( कर्तव्य ज्यान मुद्दा), नेपाली सेनाका कर्नेल केशबराज कार्की(आर्थिक हिनामिना) र नेपाली सेनाका जर्नेल आदित्य बहादुर भनिने मदनजंग शाह(ठगी) केन्दीय कारागार सुन्धारामा  थुनिएका छन्।

ललितपुरस्थित नख्खु कारागारमा फोरमका नेता तथा पूर्व राज्यमन्त्री संजयकुमार साह छन्। साहलाई कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्म कैदको सजायँ तोकिएको छ।

तपाईको प्रतिक्रिया