Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ । तर, सरकारले नसुनेपछि प्रधानमन्त्रीको पुत्ला जनाएको छ ।

गोंगबु चोकमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो । कुन्दन काफ्ले नेतृत्वको समूहले मूल्‍य वृद्धि गरेको भन्‍दै पुत्ला जलाएका हुन् ।

नेविंघले कलेजहरुमा पनि पुत्ला जलाउने कार्यक्रम राख्दा प्रहरी त्‍यता लागेको थियो । तर उनीहरुले झुक्याएर गोगंबु चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया