काठमाडाैं – भारतको उत्तरपूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ । सो भूकम्प ५.१ म्याग्निच्युडको रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार बिहान १०:३० बजे भूकम्प गएको यस भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो ।
तर आसाम राज्यभर नै यस भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । -एजेन्सी








