Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – तस्करीको सुन कारोबार गरेको आरोपमा गृह मन्त्रालयको विशेष छानबिन समितिले दरबारमार्ग र न्यूरोडस्थित सुन पसलमा छापा हानेको छ । प्रमाणहरु संकलनका लागि छापा हानिएको हो ।

पक्राउ परेका व्यापारी राजेन्द्र शाक्यको आरके ज्वेलर्समा छापा हानिएको हो । शाक्य हाल सुनसरीको झुम्का कारागारमा छन् । विगतमा पनि आरके ज्वेलर्सका कर्मचारीहरु सुन तस्करीमा पक्राउ परेका थि ए। शाक्य पनि गत वर्षको साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त हुन् ।

विमानस्थलबाट तस्करी भएर आउने सुनको केही मात्रा सुन पसलहरुमै बिक्री हुनेगरेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ ।

तपाईको प्रतिक्रिया