Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरे सहित चारजनालाई सम्पति शुद्धिकरण सम्बन्धमा अनुसन्धान गर्न काठमाडौ ल्याइएको छ ।

सरकारले गठन गरेको छानबिन समितिले गोरे सहित एसएसपी श्याम खत्री, अर्का अभियुक्त भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङगेल घलेलाई थप अनुसन्धानका लागि काठमाडौँ झिकाएको हो । जहाज मार्फत काठमाडौ ल्याईएका चारै जनालाई विमानस्थलबाट सिधै केन्द्रीय कारागार लगिएको छ । उनीहरुलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

मोरङ अदालतले हिजो सम्पत्ति शुद्धिकरण तथा तस्करी र हत्या प्रकरणमा थप अनुसन्धानका लागि काठमाडौँ लैजान अनुमति दिएको थियो । काठमाडौं ल्याए लगत्तै सम्पति शुद्धिकरण विभाग र छानविन समितिले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेको जनाएका छन् ।  गत शुक्रबार छानबिन समितिले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । छापाको क्रममा समितिले केही महत्तवपूर्ण कागजपत्र समेत बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया