Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

रौतहट – रौतहटको कटहरिया नगरपालीकाका १२ बर्षिय बालक युवराज साहको अपहरण पछि हत्या भएको छ । उनको शव गोली हानी हत्या गरिएको अवस्थामा बागमती नदी किनारमा फेला परेको हो । उनी शनिबार राती घरबाटै अपहरणमा परेका हुन । कटहरीया नगरपालिका ९ डुमरियाका अहेब दिलिप साहका १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराजको शव, बेपत्ता भएको तेस्रो दिन भेटिएको हो ।

उनको कञ्चटमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । अपहरण लगत्तै प्रहरीले कटहरीया ९ डुमरियाका शक्तिराय यादव, प्रविन राय यादव, सुनिलकुमार यादव तथा बृन्दावन नगरपालिका आखरपाथरका विनोदकुमार पटेल र रविकुमार पटेललाई नियन्त्रणमा लिएको छ । उनीहरुकै वयानका आधारमा प्रहरीले बालकको  शव आज बिहान फेला पारेको हो ।  बालकलाई घरबाट १५ किलोमिटर पर गढीमाई नगरपालिका  ५ बागमती किनारमा लगि गोली प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक चतुर्भज ओझाले बताउनुभयो ।

अपहरण पछि जिल्ला प्रहरीले सिमावर्ती नाका लगायत बिभिन्न क्षेत्रमा सर्च अभियान चलाएको थियो ।  प्रहरी निरीक्षक ओझाले शनिबार राती अपहरणमा परेका बालकको आईतबार नै हत्या भएकाले फिरौती भन्दा हत्याकै उद्धेश्य रहेको बताउनुभयो । दिदीहरुसँगै सुतेका युवराजको अपहरणबारे अभिभावकले बिहान मात्र थाहा पाएका थिए । अपहरकारीले एक करोड रुपैयाँ फिरौती मागेपनि उनको हत्या भएको हो ।

तपाईको प्रतिक्रिया