Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको आफ्नो जन्मथलोमा गएर सिस्ने धारोको पानी खाने र स्थानीय खोलाको पानीले खुट्टा धुने इच्छा पुरा भएको छ । गोरखाको पालुङ्गटार नगरपालिका-३, बोहरागाउँस्थित जन्मघरमा डा. देवकोटाले आज करिब ४५ मिनेट बिताउनुभयो ।

‘उहाँको जन्म थलो गएर सबैसँग भेटी धारोको पानी खाने र खोलाको पानीले खुट्टा पखाल्न इच्छा पुरा भयो, देवकोटा सँगै गएका मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिन विभागका प्रमुख, इमर्जेन्सी मेडिसिन फिजिसियन डा. सञ्जय कार्कीले भन्नुभयो, ‘न्युरो अस्पताल काठमाडौंबाट गोरखा पुगेर भेटघाट गर्दासम्म स्वास्थ्य स्थिति ठिक छ ।’

उहाँलाई भेट्न स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो । डा. देवकोटालाई जन्मघरबाट आजै काठमाडौं ल्याइएको छ ।

तपाईको प्रतिक्रिया