Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

धादिङ – पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० जोगिमाराबाट शुक्रबार राति सिमेन्ट बोकेको ट्रक त्रिशुली नदीमा खस्दा दुई जना हराइरहेका छन् ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागि छुटेको ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुल नदीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सीनाले जानाकारी दिनुभयो  ।

सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय ट्रक चालक टोपबहादुर श्रेष्ठ,  ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल हराइरहेका  छन् । नदीमा ट्रक समेत डुबेको अबस्था छ । त्यो दुर्घटनामा एक जना घाइते भएकोले उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

बेपत्ता भएकाको खोजी कार्य भइरहेको भए पनि नदी बढेकोले खोज कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया