काठमाडौं – प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा। देवकोटाको अवस्था अरु दिनभन्दा गम्भीर रहेको उहाँका भाई बसन्त देवकोटाले बताउनुभयो। ‘अरु दिनको भन्दा स्वास्थ्य अवस्था केही गम्भीर भएको छ,’ देवकोटाले भन्नुभयो ।
पाँच महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर देवकोटालाई गत वैशाखमा नेपाल ल्याइएको थियो । बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार उहाँलाई नेपाल ल्याइएको थियो । देवकोटाको न्यूरो अस्पतालमा सघन रुपमा उपचार भइरहेको छ ।








