Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा पेश भएको नियमावलीमाथि दफादार छलफल सुरु भएको छ । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एनजीओ र आइएनजीजोलाई संसदमा प्रवेश गर्न नदिन नियमावलीमा संशोधन प्रस्ताव पेश गर्नुभयो ।

उहाँले संसद सरकारलाई जवाफदेही बनाउने ठाउँ भएको बताउनुभयो । उहाँले सन्धि सम्झौताबारे छलफल गर्ने ठाउँ भएकाले प्रजातन्त्रलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गम्भीर प्रकृतिको फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गराउने व्यवस्था नियमावलीमा भएको भन्‍दै यसलाई यही रुपमा अघि बढाउनु पर्ने जिकिर गर्नुभयो ।

युएनडीपीबाट सांसदलाई तालिम दिन नमिल्ने भन्‍दै एनजीओ र आइएनजीओलाई संसदमा प्रवेश गराउनुको सट्टा सांसदहरुले हाम्रै पैसाबाट तालिम पाउनुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया