Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय सदस्यमा तीनजनालाई मनोनित गर्नुभएको छ ।

कांग्रेसको विधान  २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम लम्जुङका दिलबहादुर घर्ती, काभ्रेका  शिवप्रसाद हुमागाई र खुमबहादुर खड्का पत्नी दाङकी शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हाे ।

त्यसैगरी सभापति देउवाले पार्टी विधानको धारा ४९ (१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना  तीर्थराम डंगोल र हिरादत्त भट्ट लाई कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया