Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – संघीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टी नेकपासँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचारहरु सार्वजनिक भए पनि फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विज्ञप्ती जारी गर्दै तत्काल एकता सम्भव नभएको बताउनुभएको हो । वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलरपार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो ।

तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको यादवको भनाइ छ । जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार भएको भन्दै असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया