Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

धनुषा – मिथिला नगरपालिका–७ एकलेवरमा हात्ती गाउँमा पसेर १८ वटा घर भत्काएको छ । बुधबार राति १ बजे तीनवटा हात्ती गाउँ पसेर आतंक मच्चाएको हो ।

गाउँलेहरु सचेत भएका कारण मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।

हात्ती धपाउन ईलाका प्रहरी कार्यालय ढल्केवरबाट गएको प्रहरी टोलीले पाँच राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । हात्ती गाउँ पसेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया